
५ मंसिर, काठमाडौं । प्रहरीले झण्डै दुई किलो अवैध लागु औषध कोकिनसहित एक भारतीय नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ ।
१ किलो ९७३ ग्राम कोकिनसहित दोहाबाट आएकी भारतीय राहदानी बाहक ३२ वर्षकी किमरोसांगीलाई सोमबार राति पौने १२ बजे पक्राउ गरेको प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ ।
हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं अवतरण गरेकी उनको लगेज खानतलासी गर्दा सुटकेसको माथिल्लो भागमा फल्स बटम बनाई प्लास्टिकको प्याकेटमा कोकिन लुकाएको भेटिएको थियो ।
उनलाई लागूऔषधसम्बन्धी मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4