
५ मंसिर, काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिकामा आधुनिक वधशाला बन्ने भएको छ । नगर विकास कोषको ऋण लगानीमा ईश्वरपुर नगरपालिका पहिलो फेजको बहुउद्देशीय भवन तथा आधुनिक वधशाला बन्ने भएको हो ।
ईश्वरपुर नगरपालिका मेयर मनोजकुमार अर्याल र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा बीच मंगलबार वधशाला निर्माण सम्झौता भएको हो ।
७० प्रतिशत नगर विकास कोषको र ३० प्रतिशत नगरपालिकाको लगानीमा निर्माण हुने भएको सम्झौतामा उल्लेख छ ।
नगर विकास कोषले वधशाला आयोजनाको कुल लागत ४ करोड ५० लाख ५५ प्रतिशत अर्थात २ करोड ४७ लाख ५९ हजार ऋण नगरपालिकालाई दिने सम्झौतमा भनिएको छ ।
यस्तै १५ अर्थात ६७ लाख ५२ हजार अनुदान कोषले ईश्वरपुरलाई दिनेछ । बाँकी ३० प्रतिशत १ करोड ३५ लाख नगरपालिकाबाट व्यहोरिने सम्झौतामा उल्लेख छ ।
बहुउद्देशीय भवन तथा आधुनिक वधशाला ईश्वरपुर नगरपालिको वडा नम्बर ६ मा निर्माण हुने नगर विकास कोषले जानकारी दिएको छ । नगरपालिका माछापालन व्यवसायका लागि मधेश प्रदेशमा चर्चित छ ।
प्रतिक्रिया 4