
५ मंसिर, काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएपछि नेपाल स्टक एक्स्चेन्जले सो कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको छ ।
लाभांश घोषणाको सूचना ढिला सार्वजनिक गरेपछि २४ कात्तिकदेखि धौलागिरी लघुवित्तको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको थियो ।
‘सर्भर मेलमा समस्या आएको कारण समयमा जानकारी गराउन नसकिएकाले आगामी दिनमा सजग भई यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धतापत्र मार्फत व्यक्त गरेकाले उक्त कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका सर्तको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेको धितोपत्र कारोबार फुकुवा गरिएको छ,’ नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
२२ कात्तिकमा बसेको धौलागिरीको सञ्चालक समिति बैठकले कुल १५ प्रतिशत लाभांश घोषणा गरे पनि २३ गते बजार बन्द भएपछि मात्रै नेप्सेलाई सूचना पठाएर सार्वजनिक गरिएको थियो ।
लाभांश घोषणापछि सेयरको मूल्यमा प्रभाव पार्ने वा अनुकूल कारोबार गर्ने नियतले ढिला सूचना सार्वजनिक गरिएको हुन सक्ने भन्दै कम्पनीको आलोचना भएको थियो ।
प्रतिक्रिया 4