+

अष्ट्रेलियासँग टी–२० सिरिजका लागि भारतको टिम घोषणा

२०८० मंसिर  ५ गते १८:४९ २०८० मंसिर ५ गते १८:४९
अष्ट्रेलियासँग टी–२० सिरिजका लागि भारतको टिम घोषणा

५ मंसिर, काठमाडौं । अष्ट्रेलियासँगको पाँच दिवसीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको लागि भारतीय टिम घोषणा भएको छ ।

यस सिरिजका लागि भारतले नयाँ टिम घोषणा गरेको छ । सूर्यकुमार यादवको कप्तानीमा भारतले १५ सदस्यीय टिम घोषणा गरेको हो ।

२३ नोभेम्बरदेखि ३ डिसेम्बरसम्म भारतमा नै हुने यस सिरिजमा तीव्र गतिका बलर प्रसिद्ध कृष्णाले टिममा पुनरागमन गरेका छन् ।

विश्वकप २०२३ मा खेलेका सूर्यकुमार यादव, इसान किसन र प्रसिद्धबाहेक अरु खेलाडीलाई आराम दिइएको छ । हार्दिक पाण्डेय चोटका कारण अझै रिकभरिको क्रममा छन् । चोटका कारण विश्वकप गुमाएका अक्षर पटेलले पनि टिममा पुनरागमन गरेका छन् ।

विश्वकप फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हारेपछि हाल नयाँ खेलाडीको साथमा घरेलु टी–२० अन्तर्राष्ट्रिय सिरिजको टिम घोषणा गरिएको हो ।

भारतीय टिमः

सूर्यकुमार यादव (कप्तान), ऋतुराज गायकवाड (उपकप्तान), इसान किसन, यशस्वी जयसवाल, तिलक बर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वासिंटन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि विष्नोइ, अर्शदिप सिंह, प्रसिद्ध कृष्णा, आवेश खान र मुकेश कुमार ।

क्रिकेट टी-२० सिरिज भारत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय