
५ मंसिर, जनकपुरधाम । महोत्तरी प्रहरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ ।
थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले हिरासतमा पुस्तकालय संचालनमा ल्याएको हो ।
पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उदघाटन गरेका छन् ।
२९ साउन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको सम्झौता अनुसार हिरासतमा पुस्तकालय स्थापना गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
उदघाटन गर्दै पुस्तकालयले थुनुवको आचरण तथा बानी ब्यहोरामा प्रभावकारी भूमिका खेल्ने डिआइजी भट्टराइले विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4