+
+

सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ११:५०

६ मंसिर, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १६ हजार ५ सय र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार सुनचाँदीको मूल्य बढेर कारोबार भएको थियो । मंगलबार एक लाख १६ हजार २ सय रुपैयाँमा छापावाल सुन र एक लाख १५ हजार ६५० रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

चाँदीको प्रतितोला मूल्य भने १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?