
फाइल तस्वीर
६ मंसिर, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच हुने संयुक्त अभ्यास ‘सूर्यकिरण’ भारतको पिथौरागढमा शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।
अभ्यासकाो १७ औं शृंखला २४ नोभेम्बरदेखि ७ डिसेम्बरसम्म भारतको उत्तराखण्ड राज्यको पिथौरागढमा सञ्चालन हुने भएको हो ।
सन् २०११ देखि नेपाल र भारतीय सेनाबीच हरेक वर्ष एकअर्को देशमा आलोपालो यो सैन्य अभ्यास आयोजना हुँदै आएको छ । अघिल्लो वर्ष संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को १६औं शृखला रूपन्देहीको सालझण्डीमा सम्पन्न भएको थियो ।
संयुक्त अभ्यासमा दुबै देशका फौजहरूले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत युद्धकला अभ्यास र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिक रूपमा अभ्यास गर्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4