+
+

जसपाबाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादवले लिइन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १९:२५

६ मंसिर, जनकपुरधाम । जसपाबाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको  शपथ लिएकी छन् ।

उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।

गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएपछि उनको ठाउँमा केही दिनअघि जसपाले सञ्जिला कुमारी यादवलाई सांसद बनाएको थियो । उनले मैथिली भाषामा शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?