+

नकारात्मक भावनाबाट बच्ने ५ उपाय

२०८० मंसिर  ७ गते १०:३९ २०८० मंसिर ७ गते १०:३९
नकारात्मक भावनाबाट बच्ने ५ उपाय

मानिसको मनमा विभिन्न भावना आइरहेको हुन्छ, तीमध्ये केही नकारात्मक भावना पनि हुन्छन् । त्यस्तो भावना आउँदा एक किसिमको असहजता र तनाव पनि हुन्छ । जब यस्ता भावनाहरू आउँछन् हामी तुरुन्तै त्यसलाई अस्वीकार वा स्वीकार गर्न सक्दैनौं ।

मनमा आएका नकारात्मक भावनालाई हटाउन हामी विभिन्न उपाय अपनाउँछौं । नकारात्मक मनोवृत्तिले हामीलाई असुरक्षित महसुस गराउँछ । त्यसकारण नकारात्मक भावनाबाट कसरी बच्ने भन्ने उचित उपाय जान्नु जरुरी हुन्छ ।

नकारात्मक भावनाबाट बच्नु मानसिक स्वास्थ्यको लागि महत्त्वपूर्ण

यदि हामी सधैं नकारात्मक भावनालाई रोक्ने प्रयास गर्छौं भने हामी आफ्नै सोचाइको आलोचना गरिरहेका हुन्छौं । त्यसपछि हामी हाम्रा भावनाहरूलाई दबाउन थाल्छौं । यसो गरिरहँदा हामी आफ्नै विरुद्ध हुन्छौं,  जसले तनाव र डिप्रेसन जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

आफ्नो भावनालाई स्वीकार गर्नुपर्छ

हाम्रा भावनाहरूलाई दबाउनुको सट्टा स्वीकार गर्नुपर्छ । यसलाई प्राकृतिक प्रक्रियाको रूपमा लिनुपर्छ । जब यस्तो भावनालाई प्राकृतिक मानिन्छ, नकारात्मक भावनाहरू स्वतः हराउन थाल्छन् । रिस, चिन्ता वा डर जस्ता नकारात्मक भावनालाई पूर्णतया हटाउन सजिलो छैन । आफ्नो रोजाइको हल्का काम गरेर यी भावनालाई सकारात्मक मोड दिन सकिन्छ ।

भावनाहरूको मूल्यांकन

नकारात्मक भावना आएको बेला शान्त भएर बस्नुपर्छ । आफ्नो भावना पहिचान गर्ने प्रयास गर्नुपर्छ । सही र गलतको निर्णय विवेकपूर्वक लिनुपर्छ । यसो गर्दा के महसुस गरिरहेको छ भनेर अझ राम्रोसँग बुझ्न मद्दत मिल्छ यो सोच सही कि गलत भनेर ? सही निर्णय लिनेबित्तिकै असहज भावनाहरू स्वतः हट्नेछन् ।

ध्यान केन्द्रित गर्नुपर्छ

हामीभित्र र वरपर घटिरहेका घटना वा परिस्थितिहरूको बारेमा ध्यान दिएमा नकारात्मक भावनालाई सकारात्मक मोड दिन र मूल्यांकन गर्न सहयोग मिल्छ । हामीले आफ्नो सम्पूर्ण ध्यान हामी जहाँ छौं त्यस क्षणमा केन्द्रित गर्नुपर्छ र त्यो क्षणलाई पूर्ण रूपले अनुभव गर्न सक्नुपर्छ । अप्रिय भावनालाई शान्त पार्ने प्राकृतिक गतिविधिले हामीलाई सकारात्मक बनाउँछ ।

अरूसँग कुरा सेयर गर्ने

जब हामी विश्वास गर्ने मानिसहरूसँग हाम्रा भावनाहरूको बारेमा खुला रूपमा कुराकानी गर्छौं, यसले त्यसलाई फरक दृष्टिकोणबाट हेर्न मद्दत गर्छ । ठूलाठूला समस्या पनि कुराकानी र अरूको राम्रो सल्लाहबाट समाधान गर्न सकिन्छ ।

असहज भावनाको लागि थेरापी

थेरापीले नकारात्मक भावनाबाट बाहिर निकाल्न मद्दत गर्न सक्छ । थेरापीले मानिसलाई उसको भावना बुझ्न र व्यवहार गर्न सहयोग पुर्‍याउँछ । यो असहज भावनाहरूसँग सम्झौता गर्नका लागि राम्रो तरिका हो । थेरापीको लागि मनोचिकित्सकको सल्लाह लिन सकिन्छ ।

एजेन्सीको सहयोगमा

नकारात्मक सोच भावना मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?