+
+

हिमालयन रिइन्स्योरेन्सको आईपीओमा ४ दिनमा ३८.७ प्रतिशत आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १६:०५

७ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खुलेको हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा अहिलेसम्म माग गरिएको कुल सेयर संख्यामा ३८.७ प्रतिशतका लागि आवेदन परेको छ ।

४ दिनमा कुल १३ हजार २९१ जनाले आईपीओमा आवेदन दिएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

श्रम स्वीकृति लिएर जानेलाई कुल ३० लाख कित्ता आईपीओ सोमबारदेखि खुलाइएकोमा बिहीबार साँझ ५ बजेसम्म ११ लाख ६१ हजार ८१० कित्ताका लागि आवेदन परेको हो । यद्यपि आवेदन दिने अवधि भने मंसिर १८ गतेसम्म रहेको छ ।

अंकित मूल्य १०० मा १०६ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीको आईपीओ खुला भएको हो । कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन हुने भएकोमा त्यसको १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारमा रहेकाहरुका लागि खुला भएको हो ।

वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० र अधिकतम ३ लाख कित्तासम्मका लागि कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेकालाई सेयर बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । यदि वैदेशिक रोजगारमा रहेकाहरुले सम्पूर्ण कित्ताका लागि माग नगरेको खण्डमा सो संख्या पछि सर्वसाधारणका लागि थप गरेर खुलाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?