८ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल टिम एफसी चितवनमा यसपटक मार्की खेलाडीको रुपमा घरेलु फुटबलमा राम्रो छाप बनाएका विशाल श्रेष्ठ छन् ।
यस टिमले आइकोनिक खेलाडीको रुपमा विमल घर्ती मगरलाई अनुबन्ध गरेको छ ।
विमल यसअघि ललितपुर सिटी एफसीमा मार्की खेलाडीको रुपमा अनुबन्ध भए पनि बीचमै सम्झौता रद्ध गरि अष्ट्रेलिया गएका थिए ।
एनएसएलका लागि नेपाल फर्केका उनी उनी आइकनिक खेलाडीको रुपमा चितवन एफसीमा जोडिएका छन् ।
यस टिमको प्रशिक्षकमा भारतीय प्रशिक्षक मेहराज उद्धिन वाडो छन् । चितवनमा ५ जना विदेशी खेलाडी आवद्ध छन् ।
युसुफ मुबारिक (डिफेन्डर–घाना)
२७ वर्षीय युसुफ घानाका लिगहरुमा खारिएका डिफेन्डर हुन् । उनले २०१६ यता व्यावसायिक फुटबल खेलिरहेका छन् ।
उनले घाना प्रिमियर लिगमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन देखाएका थिए । त्यसकारण युसुफ चितवनको रक्षा पङ्क्तिका लागि महत्वपूर्ण सदस्य बन्न सक्छन् ।
उनी पहिलो पटक नेपाल आएका हुन् ।
टोरिक जेब्रिन (मिडफिल्डर–घाना)
३२ वर्षीय घानाका मिडफिल्डर टोरिकले २००७ बाट व्यावसायिक फुटबल खेल्न थालेका उनको अनुभवको फाइदा चितवनले लिन सक्छ ।
उनले यसअघि २०२३ को ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबबाट खेलेका थिए । त्यसपछि उनले यस सिजनको एनएसएलका लागि चितवनबाट खेल्न लागेका हुन् ।
उनले विभिन्न ८ वटा देशमा व्यावसायिक फुटबल लिग खेलेका छन् ।
अफ्रिए एक्वा (मिडफिल्डर–घाना)
३१ वर्षीय घानाका मिडफिल्डर एक्वा पहिलो पटक नेपालमा लिग खेल्न आएका विदेशी खेलाडीमध्ये एक हुन् । उनले २००९ यता व्यावसायिक लिग खेलिरहेका छन् ।
इराकी लिग क्लब अल कुवा अल जौ मा पछिल्लो समय आवद्ध रहेका उनी जुलाई यता कुनै पनि क्लबमा आवद्ध थिएनन् ।
उनले इटालीको चर्चित लिग सिरी ए मासमेत सहभागीता जनाइसकेका छन् ।
उनले सिरी ए मा १९३ खेल खेल्दै ८ गोल र ६ असिस्ट दिएका छन् । उनी चितवनका लागि राम्रो सम्भावना बोकेका मिडफिल्डर घोषित हुन सक्छन् ।
रफिक अमिनु (फरवार्ड–घाना)
२४ वर्षीय फरवार्ड रफिकले यसअघि पनि नेपाली शीर्ष डिभिजनको लिग ए डिभिजन लिग खेलेका छन् । २०२३ को ए डिभिजन लिगको सिजनमा उनले फ्रेन्ड्स क्लबबाट खेलेका थिए ।
हाल उनी दोस्रो संस्करणको एनएसएलमा चितवनबाट खेल्ने भएका छन् । केही हदसम्म नेपाली फुटबल बुझेका उनले टिमलाई अगाडीबाट राम्रो गति दिन सक्नेछन् ।
मार्को इभानोभिच (डिफेन्डर–मोन्टेनेग्रो)
मार्को इभानोभिन मोन्टेनेग्रोका सेन्टर ब्याक हुन् ।
प्रतिक्रिया 4