
८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् ।
अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी भ्रमणमा निस्केकी हुन् ।
भ्रमणका क्रममा अष्ट्रेलियाका विभिन्न शहरहरुमा रहेका खनिज तथा ऊर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीकृत पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय ऊर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको डंगोलले बताइन् । १७ मंसिरमा उनी स्वदेश फर्किने छिन् ।
भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने महानगरले जनाएको छ ।
३२ साउन २०८० मा बसेको काठमाडौं महानगरपालिकाको २१औं नगर कार्यपालिका बैठकले उपप्रमुख डंगालको भ्रमण स्वीकृत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4