+
+

नेपाल र भारतका मुद्दाहरू जोडिएकाले सावधानी अपनाउनुपर्छ : राजकिशोर यादव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १९:३३

८ मंसिर, काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका भन्दै सम्बन्ध सञ्चालनमा सावधानी अनपाउनुपर्ने बताएका छन् ।

सेन्टर फर सोसल इन्क्लुजन एन्ड फ्रेडालिज्म (सेसिफ)ले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई केन्द्रमा राखेर द्विपक्षीय सम्बन्धका बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन्।

‘नेपाल र भारतका मुद्दाहरू आपसमा जोडिएका छन्, त्यसैले हामीले सावधानीपूर्वक बाटो हिंड्नुपर्छ’, उनले भने । यादवले कूटनीतिक अवरोधलाई प्रभावकारी ढंगले अघि बढाउन नेपालले पनि भारतको चासोबारे ध्यान दिन जरुरी रहेको बताए ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणपछि बिस्तारै आर्थिक लाभ हुने विश्वासको वातावरण बनिरहेको बताए । सीमा समयस्यालगायत केही विषयमा प्रधानमन्त्रीले अनौपचारिक छलफलमा बोलेको विषयलाई अतिरञ्जित गरिएको भन्दै उर्जा व्यापार लगायत क्षेत्रमा महत्वपूर्ण सहमति भएको पुनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले भारतसँग व्यवहार गर्दा संरचनात्मक र आर्थिक विषयलाई विभाजन गर्नुपर्नेमा जोड दिए । ‘सीमा विवाद जस्ता समस्याको दीर्घकालीन समाधान चाहिन्छ, तर अहिलेको ध्यान आर्थिक पक्षमा हुनुपर्छ’, उनले भने ।

एमाले सांसद सुनिता बरालले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हासिल भएका आर्थिक उपलब्धिप्रति सन्तोषजनक रहेको बताइन् । केही विषयहरू भ्रमणका क्रममा उठाउन छुटेको भएपनि उर्जा व्यापारलगायत क्षेत्रमा भएका उपलब्धी सकरातम्क रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले ऊर्जा व्यापार, सीमापार पूर्वाधार लगायत धेरै क्षेत्रमा नेपाल–भारत सम्बन्धलाई घनिष्ठ र थप सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो । यस भ्रमणलाई धेरैले विद्यमान सम्बन्धको लागि फलदायी विकासको रूपमा टिप्पणी गरे । यद्यपि, अब सम्झौता र सहमतिको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सेसिफका कार्यकारी अध्यक्ष पूर्वराजदूत विजयकान्त कर्णले प्रधानमन्त्रीको भ्रमणले बढ्दो राजनीतिक विश्वासको वातावरण बनेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सीमा समस्याहरू वार्ताबाट समाधान गर्ने भनि दिएका वाचाबाट प्रमाणित हुने बताए ।

कार्यक्रममा सहभागी कतिपयले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर असन्तुष्टि पनि व्यक्त गरे । उनीहरूले हस्ताक्षर भएका सम्झौता र सहमतिको कार्यान्वयनले भ्रमणको सफलता मापन हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?