९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को शनिबार हुने दोस्रो खेलमा ललितपुर सिटी एफसी र एफसी बुटवल-लुम्बिनी भिड्दै छन् । दशरथ रंगशालामा बेलुकी साढे पाँच बजे हुने यस खेलसँग जोडिएका महत्त्वपूर्ण तथ्याक यस्ता छन् –
१. यसपल्टको प्रतियोगिताको यो तेस्रो खेल हुनेछ । समग्रमा यो प्रतियोगिताको अहिलेसम्मकै २८औं खेल हुनेछ ।
२. दुवै टिमले यसपल्टको प्रतियोगितामा आ-आफ्नो पहिलो खेल खेल्दैछन् । समग्रमा भने प्रतियोगितामा यो ललितपुरको नवौं र बुटवल लुम्बिनीको आठौं खेल हुनेछ ।
३. ललितपुरले अहिलेसम्म खेलेका आठ खेलमध्ये तीनमा विजयी, तीनमा बराबरी र दुईमा हार रहेको छ ।
४. बुटवल-लुम्बिनीले अहिलेसम्म खेलेका सात खेलमध्ये दुईमा विजयी, दुईमा बराबरी र तीनमा हार रहेको छ ।
५. अहिलेसम्म यी दुई टिमबीच प्रतियोगितमा दुई खेल भएका छन् । त्यसमा दुवै खेलमा ललितपुर हाबी रहेको छ ।
६. दुई टिमबीचको पहिलो खेल ०७८ मा लिग चरणमा भएको थियो । त्यसमा ललितपुर १-० ले विजयी रहेको थियो । नुरलान जाहिदले पाँचौं मिनेटमा गरेको गोल निर्णायक रह्यो ।
७. दुई टिमबीचको दोस्रो खेल वर्ष २०७८ को इलिमिनेटरमा भएको थियो । त्यसमा पनि ललितपुर १-० ले विजयी रह्यो । अञ्जन विष्टले यो निर्णायक गोल गरेका थिए ।
प्रतिक्रिया 4