९ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को शनिबार हुने पहिलो खेलमा पोखरा थन्डर्स र एफसी चितवन भिड्दै छन् । दशरथ रंगशालामा दिउँसो १ बजे हुने यस खेलसँग जोडिएका महत्त्वपूर्ण तथ्याक यस्ता छन् –
१. यसपल्टको प्रतियोगिताको यो दोस्रो खेल हुनेछ । समग्रमा यो प्रतियोगिताको अहिलेसम्मकै २७ औं खेल हुनेछ ।
२. दुवै टिमले यसपल्टको प्रतियोगितामा आ–आफ्नो पहिलो खेल खेल्दैछन् । समग्रमा दुवै टिमको यो अहिलेसम्मको समान सातौं खेल हुनेछ ।
३. पोखराले अहिलेसम्म खेलका ६ खेलमध्ये दुईमा जित, दुईमा बराबरी र दुईमा हार रहेको छ ।
४. चितवन अहिलेसम्म प्रतियोगितामै जितविहीन एक मात्र टिम रहेको छ । उसले खेलेका ६ खेलमा दुई बराबरी र चार हारमा टुंगेको छ ।
५. अहिलेसम्म यी दुई टिमबीच एक खेल मात्र भएको छ । त्यसमा पोखरा विजयी रहेको थियो ।
६. वर्ष ०७८ को एक मात्र खेलमा पोखराले चितवनलाई २–१ ले हराएको थियो । यो पोखराले रचेको पुर्नआगमन जित थियो । चितवनले ७३ औं मिनेटमा शिशिर लेखीको गोलले अग्रता लिएको थियो । पोखराका लागि ८६ औं मिनेटमा नवयुग श्रेष्ठले बराबरी गोल फर्काए । दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा राफेल रिमगाडोले निर्णायक गोल गरे ।
प्रतिक्रिया 4