+
+

रैनादेवीले जनप्रतिनिधिको सुविधा कटाएर भूकम्प पीडितलाई सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ९ गते ११:०३

९ मंसिर, पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिले जाजरकोट र रुकुम पूर्वका भूकम्प पीडितलाई सहयोग उपलब्ध गराउने निर्णय गरेका छन् ।

गाउँ कार्यपालिकाको बैठकले भूकम्प प्रभावितका लागि तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

रैनादेवी छहराका जनप्रतिनिधिले भूकम्प प्रभावित क्षेत्रमा, राहत, उपचार, पुनस्थापनका र पुनःनिर्माणमा सहयोग गर्न उक्त रकम दिने निर्णय गरेका हुन् ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई र उपाध्यक्ष युवराज थापाले पाँच दिनको सुविधा वडा अध्यक्षहरुले दुई दिनको र अन्य वडा सदस्यहरुले एक दिन बराबरको सुविधा सहयोग गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

संकलन भएको राहत रकम नेपाल सरकारको प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमार्फत सहयोग रकम जम्मा गरिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?