
९ मंसिर, गुल्मी । नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलन सुरु भएको छ । २ दिनसम्म चल्ने सम्मेलनको शनिबार जिल्लाको सदरमुकाम तम्घासमा महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन् ।
नेपाली कांग्रेस गुल्मीले गरेको कामको समीक्षा र आगामी कार्ययोजनाबारे जानकारी दिने उद्देश्यले सम्मेलन गरिएको जिल्ला सचिव भगतसिंह खड्काले बताए ।
सम्मेलनका महामन्त्री थापा, केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी, चन्द्र केसी, नैनसिंह महर, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ लगायतका नेताहरु पनि सहभागी छन् ।
चिदिचौर खेलमैदानमा भएको सम्मेलनमा गुल्मीका १२ वटै स्थानीय तहबाट कार्यकर्ता सहभागी भएका छन् । मंसिर १० गते हुने सम्मेलनको बन्दसत्रमा जिल्ला भित्रका १ हजार ७ सय ४६ जना क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4