
काठमाडौं । डाबर नेपालले भूकम्प पीडितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदी, कम्पनीका वरिष्ठ अधिकारीहरुले चेक हस्तान्तरण गरेका हुन् ।
डाबर नेपालले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।
संकटको घडीमा भूकम्प प्र्रभावित जिल्लाका जनतासँग ऐक्यवद्धता जनाउँदै सहयोग हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4