+
+

काठमाडौंमा खेसारीलालको फिल्म छायांकन, मोडल उषा उप्रेतीसँग देखिए रोमान्टिक

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १३:२९

काठमाडौं । भोजपुरी स्टार खेसारीलाल यादवले नेपालका विभिन्न ठाउँमा आगामी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन गरेका छन् । फिल्मका चार गीतको सुटिङपछि उनी पटना फर्किएका छन् ।

पाँच दिनसम्म नेपालमा सुटिङ गरेर खेसारीलालसहितको टोली फर्किएको हो । सप्पु नामले चर्चित अभिनेत्री शकुन्तला पनि आएकी थिइन् । एक गीतमा खेसारीलालले नेपाली मोडल उषा उप्रेतीसँग अभिनय गरेको जनाइएको छ ।

फिल्मका नेपाली निर्माण व्यवस्थापक सुवास काफ्लेका अनुसार स्वयम्भू, भक्तपुर दरबार क्षेत्र, साँगा महादेव, नगरकोट र राजधानीको एक डिस्कोमा छायांकन भएको हो । नेपालमा समेत खेसारीलालको ठूलो फ्यान फलोइङ छ ।

दुई वर्षअघि सुनसरीमा खेसारीलाललाई प्रमुख अतिथि बनाएर आयोजना गरिएको कार्यक्रममा गाडीसहित उपकरणहरु तोडफोड भएका थिए । भारतको बिहारसहित नेपालको मधेश प्रदेशमा खेसारीलालको क्रेज लोभलाग्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?