+
+

जहाजको उपलब्धता र संस्थाको पुनर्संरचना एक अर्कालाई रोकेर गर्ने विषय होइनन् : निगम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १५:५३

१० मंसिर, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले जहाजको उपलब्धता र संस्थाको पुनर्संरचना एक अर्कालाई रोकेर गर्ने विषय नभएका प्रतिक्रिया दिएको छ ।

संस्थाको पुनर्संरचनाबारे प्रश्न उठिरहेका बेला आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले यी दुई विषय एक अर्कालाई रोकेर गर्ने विषय नभएको बताएको हो ।

निगमको दैनिक व्यवसाय सञ्चालन गर्न र दुर्गम भेगका जनतालाई सेवा दिन जहाज आवश्यक रहेको भन्दै पुनर्संरचनाको काम क्रमशः हुँदै जाने प्रतिक्रिया दिएको हो ।

निगमले दुर्गम भेगमा उडाउने गरी ३ वटा ट्वीनअटर जहाज किन्दैछ । यसको आर्थिक स्रोत आफ्नै स्रोतबाट जोहो गरिने निगमको दाबी छ ।

‘६ महिनाको अन्तरमा यी जहाज ल्याइने र सबै रकम एकमुष्ट तिर्नु नपर्ने भएकाले यसको व्यवस्थापन गर्न निगम सक्षम छ,’ प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निगमले पारदर्शी ढंगले जहाज खरीद प्रक्रिया अगाडि बढाएको र यसका लागि तालुक मन्त्रालयबाट अनुमति लिएको समेत बताएको छ ।

यसअघि निगमको सुधारका लागि बनेका समितिहरुको प्रतिवेदनले जहाज अपरिहार्य रहेको प्रतिवेदन दिएको भन्दै निगमको गुणात्मक सुधारका लागि यी जहाज आवश्यक रहेको समेत बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?