
जब मेरो देश बेइमानहरुको षड्यन्त्रमा पर्यो
षड्यन्त्रकारीले अचम्मको छलछाम गर्यो
अराजकता त तब मात्र बढेको छ देशमा
जब राजनीतिले जनतामाथि बेइमानी गर्यो
बेइमान राजनीतिको बेइमान खेलमा
मेरो देशले जब आफ्नो कथा सुनायो
देशको कथा र व्यथामाथि, अराजकताले कब्जा जमायो
आज अराजकता परिवर्तनकारी र क्रान्तिकारी भेटिन्छ
तर मेरो देशको राजनीति कालो अक्षरले लेखिन्छ
जनता भन्छन् अक्षर जस्तोसुकै लेखियोस्
हामीले हेर्दा कालो देखियोस् कि सेतो देखियोस्
नेपालको इतिहासा उत्कृष्ट शब्दहरुमा लेखियोस्
माथि भ्यु टावरमा बसेर हेर्दा हेर्नेहरुको आँखा नफुटोस्
तल बस्ने जनताहरुको रोग, भोक, आँशु र रोदन देखियोस्
हिमाल अटल भएर चम्किरहोस्, पहाड हाँसिरहोस्
तराईका फाँटहरुमा सुन्दर मयूर नाचिरहोस्
आँसु झार्दै हरेक नेपाली भनिरहन्छन् यहाँ
म मरु या बाँचु, अराजक राजनीतिको बेइमान खेलमा
देश सदैव नाचिरहोस् देश हाँसिरहोस्, देश बाँचिरहोस्
मेरो देश बाँचिरहोस् ।।
–जितपुरसिमरा–१, बारा
प्रतिक्रिया 4