
काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले सोमबार पोखरामा आगामी फिल्म ‘फर्की फर्की’को छायांकन थालेका छन् । लेकसाइडमा ‘फिसिङ’सहितको रोमान्टिक दृश्य खिच्दै फिल्मको औपचारिक रुपमा छायांकन सुरु भएको हो ।
पहिलो दिन अनमोल र जसितासहित अन्य को–एक्टरको दृश्य पनि खिचिने जनाइएको छ । यो रोमान्टिक ड्रामालाई सुयोग गुरुङले निर्देशन गरिरहेका छन् ।
पोखरामा २५ दिन खिचिने फिल्मको बाँकी सेड्युल काठमाडौं, मुस्ताङ र इण्डोनेसियाको बालीमा तय गरिएको छ । यसै साता फिल्मको शुभसाइतमा अनमोलले यो फिल्म आफ्नो करिअरको नयाँ यात्रा हुने बताएका थिए । जसिताले पनि अनमोलसँग स्क्रिन सेयर गर्ने कुरालाई सकारात्मक प्रतिक्रिया पाइरहेको बताएकी थिइन् ।
फिल्ममा कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको समेत अभिनय हुनेछ । रवि काफ्ले र समृद्धि अर्यालले डेब्यु गर्दैछन् ।
यो फिल्मलाई रोहित अधिकारी र ओमप्रकाश अग्रवालले मिलेर निर्माण गर्दैछन् । आगामी जेठ ११ गते प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
प्रतिक्रिया 4