
१२ मंसिर, पाँचथर । दुई बेलायती नागरिक र एक नेपाली युवक सुदूरपश्चिमको डडेल्धुराबाट करिब १५ सय मिलोमिटर साइकल यात्रा गर्दै पूर्वी नेपालको फिदिम आइपुगेका छन् ।
बेलायती नागरिक मार्क मुरफि, रिर्चड विलियम र नेपाली युवा ओम अधिकारी पहाडै पहाड १५ सय किलोमिटर साइकल यात्रा गर्दै सोमबार पाँचथर सदरमुकाम फिदिम आइपुगेका हुन् ।
डडेल्धुराबाट फिदिम आइपुग्न २८ दिन लागेको साइकल यात्री ओम अधिकारीले जानकारी दिए । मध्यपहाडका जनजीवन, कृषि, संस्कृति र रहनसहनको विषयमा अध्ययन गर्दै पुस्तक लेख्नका लागि साइकल यात्रा गरेको बेलायती नागरिक मार्क मुरफिले बताए ।
‘यो यात्रा पछि पहाडी जनजजीवन, रहनसहन, कृषि, संस्कृति र भुगोलकाबारेमा किताब लेख्ने उद्देश्यको साथ यो यात्रा गरेका छौं’, मुरफिले भने ।
मध्यपहाडी लोकमार्ग पहाडै पहाड पूर्वबाट पश्चिम यात्रा गर्न सकिने एकमात्र सडक हो । यसमा पूर्वी पहाडी संस्कृतिदेखि पश्चिमसम्मको संस्कृतिको अध्ययन गर्न सकिन्छ ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाउँ हुँदै बनेको यो सडकले सडक सुविधामात्र नभई अन्य विकासका आयमहरू पनि खोलेको छ । कतै नयाँ शहर बनेका छन् भने अन्य विकास संचरना बनाएको छ । शहर जोड्न सजिलो र सहज भएको देखिन्छ ।
प्रतिक्रिया 4