
काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा कलाकारको लाइनअप पूरा भएको छ । साथै, फिल्मको प्रदर्शन मिति समेत घोषणा भएको छ ।
विपिन कार्कीसहित फिल्ममा वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका हुने जनाइएको छ । विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन् ।
यो फिल्म नेपालसहित नेपाली डायस्पोरामा २०८१ सालको भदौ २८ गते एकसाथ रिलिज हुने जनाइएको छ । सेभेन सिज इन्टरटेनमेन्ट र वेलडन क्रिएसनको संयुक्त निर्माण हुने फिल्मको छायांकन चैतदेखि सुरु हुने उल्लेख छ ।
‘तेल भिसा’ले विकसित मुलुकमा नेपाली जाने र उतै पलायन हुने प्रवृत्तिको कथावस्तु पेश गर्छ । सुशन प्रजापतिले खिच्ने फिल्मलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4