
काठमाडौं । ग्याङस्टर ड्रामा ‘रंगेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । पछिल्लो समय लगातार खलपात्रको चरित्रमा देखिंदै आएका अभिनेता अर्पण थापालाई पोस्टरमा ‘भगवान दादा’को पात्रमा चिनाइएको छ ।
उनी यसअघि ‘प्रसाद २’ र ‘दिमाग खराब’मा खलपात्रको रोलमा देखिएका थिए । ‘रंगेली’ रोल पनि यही आयाम वरपर घुमेको देखिन्छ । निर्माताले मिरुना मगर र दयाहाङ राईको पात्र लुक्स सार्वजनिक गरिसकेका छन् ।
फिल्ममा अर्पणले जबर्जस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए । यो फिल्ममा प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतले पनि अभिनय गरेका छन् भने संगीत सुशान्त गौतम र हर्कुलस बस्नेतको छ ।
फिल्म फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज गर्ने लक्ष्य छ । अस्ट्रेलिया र अमेरिकामा कलाकारसहित रेडकार्पेट प्रिमियर हुने निर्माताले जनाएका छन् । अमेरिका, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, हङकङ लगायतका मुलुकमा एकसाथ रिलिज हुनेछ ।
प्रतिक्रिया 4