+
+

निर्देशक निकेश खड्काले गरे प्रेमिका अन्विशा खड्गीसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:२०

काठमाडौं । फिल्म तथा म्युजिक भिडियो निर्देशक निकेश खड्का वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मंगलबार काठमाडौं बत्तीसपुतलीस्थित राम मन्दिरमा प्रेमिका अन्विशा खड्गीसँग विवाह गरेका हुन् ।

हिन्दु परम्पराअनुसार भएको उनीहरुको विवाह समारोहमा आफन्त र सीमित साथीभाइको उपस्थिति थियो । उनीहरुले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । ‘आफूले माया गरेको मान्छेलाई जीवनसाथीको रुपमा पाएँ, एकदमै खुसी छु,’ उनले अनलाइनखबरसँग भने ।

अन्विशा विद्यार्थी हुन्, उनी फिल्म अध्ययन गरिरहेकी छन् । निकेश फिल्मका साथै म्युजिक भिडियोमा व्यस्त छन् । उनी अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशकमा पर्छन् । उनले निर्देशन गरेको पहिलो फिचर फिल्म ‘जिन्दगी रक्स’ हो । त्यसपछि ‘फाटेको जुत्ता’ निर्देशन गरेका उनको पछिल्लो फिल्म ‘चपलीहाइट ३’ हो ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?