+
+

फिल्म ‘चित्रा’को पोस्टरमा कलाकारको चरित्र चित्रण र मनोदशा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:३७

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को पोस्टर सार्वजनिक भएको छ । गत साता ‘नजरैको हानाहान’ बोलको गीत सार्वजनिक गरेपछि निर्माताले मंगलबार तीन नयाँ पोस्टर ल्याएका हुन् ।

पोस्टरमा फिल्मका कलाकारलाई उनीहरुको चरित्र मनोदशा र स्वरुपमा प्रस्तुत गरिएको छ । फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरि, सन्तोष अधिकारी, शुभेच्छा खड्का, मेनुका प्रधान, अन्जना बराइली लगायतले अभिनय गरेका छन् ।

बाबुछोरीको सम्बन्धको कथा प्रस्तुत गरिएको पारिवारिक फिल्मका यी पोस्टरले फिल्मका अभिनेत्रीमध्ये ‘चित्रा’ आखिर को हुन् त ? भन्ने कौतुहलता उत्पन्न गराउँछ ।

‘पञ्चेबाजा’ र ‘धौली’ निर्देशक लामिछानेले सामाजिक कथावस्तुमा ‘चित्रा’ बनाएका हुन् । फिल्मको शीर्षकले नै यसको कथावस्तु नारीप्रधान महसुस हुन्छ । फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष आफैं कार्यकारी निर्मातामा छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको यो फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।

महेश पौडेलको छायांकन, बनिष शाह र सन्देश शाहको सम्पादन छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?