
काठमाडौं । अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टिकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् । आफूहरु अभिभावक हुन लागेको खुसी साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुसी साटेको देख्न सकिन्छ ।
केकमा ‘२०२४ को मेमा आउँदै’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी मे महिनामा सन्तानलाई जन्म दिनेछिन् । साथै भिडियोमा प्रेगनेन्सीको भिडियो एक्सरेको रिपोर्टलाई पनि देखाइएको छ ।
करिश्माले आफू आमा बन्न लागेको जानकारी दिंदै टिकटकमा लेखेकी छन्, ‘सुरुमा हामी एकअर्काको भयौं । अब तिमीलाई प्राप्त गर्दैछौं । हामीसँग सबथोक छ । सलोमा ।’ ह्यासट्याग सलोमा लेख्दै करिश्माले बच्चाको नामाकरण पनि गरेको देखिन्छ ।
करिश्माको उक्त प्रेगनेन्सी घोषणाको टिकटक भिडियोमा फ्यानले बधाई तथा शुभकामना दिइरहेका छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले गत वर्षको मंसिरमा विवाहको रुप दिएका थिए ।
प्रतिक्रिया 4