
१३ मंसिर, काठमाडौं । आउँदो शनिबार काठमाडौंको सोल्टी होटलमा विशेष क्रिसमस बजार आयोजना हुने भएको छ ।
एवन बजारको रुपमा विगत चार वर्षदेखि एक्टिभ उमन अफ नेपाल एवनले सञ्चालन गर्दै आएको यो एक किसिमको च्यारिटेबल सेलिब्रेसन पनि हो ।
१०० भन्दा बढी स्टल रहने एवन बजारमा स्टार्टअपस् कम्पनी, अर्गानिक पोडक्टस्, विभिन्न किसिमका स्थानीय उत्पादनहरु, फेसनवेयर, ट्राभल लगायतका स्टल रहने एवनकी अध्यक्ष बाबा सरकार श्रेष्ठले बताइन् ।
टर्किस एअरलाइन्स, नेपाल एअरलाइन्स, डाबर नेपाल, काल्र्सवर्ग तथा रुपिज् इन्टरनेशनल स्कूल प्रयोजक रहेको एवन बजारको उद्घाटन जेन क्रिल थोम्पसनले गर्नेछिन् । उनी एवनकी अनररी प्रेसिडेन्ट समेत हुन् ।
प्रभावशाली व्यक्तिहरुले आफ्नो रुचीका आधारमा गरेका काम र उत्पादनलाई विशेष प्राथमिकता दिइने एवन बजारबाट संकलित रकम एवनका च्यारिटेबल कार्यहरुमा खर्चिने श्रेष्ठले जानकारी दिइन् ।
७५ वर्ष अगाडि नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत महिला तथा एक्स्प्याट्स्ले सञ्चालनमा ल्याएको एक्टिभ उमन अफ नेपाल देशकै पुरानो परोपकारी संस्था मध्ये एक हो । जुन नेपालमा बसोबास गर्ने एक्स्प्याट र नेपाली एक्टिभ उमनको साझा संस्था बन्न पुगेको हो ।
एवन बजारमा जाजरकोट भूकम्प पीडितको राहात संकलनका लागि फेडेरेसन अफ उमन एन्टरप्रेनर्स एसोसिएसन अफ नेपाल र जोन्टा क्लबसँगको सहयकार्यमा राहत संकलन गर्ने ठाउँ समेत छुट्याईएको छ ।
जाजरकोटका भूकम्प पीडितलाई राहत सामग्री दिन मन हुनेले एवन बजारमा जुनसुकै नयाँ वा पुराना सामग्री ल्याएर दिन सक्ने एवनकी अध्यक्ष श्रेष्ठले बताइन् ।
प्रतिक्रिया 4