+
+

‘द आर्चिज’बाट अभिनयसँगै गायनमा पनि शाहरुख खानकी छोरी सुहानाको डेब्यु

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १७:५७

काठमाडौं । फिल्म ‘द आर्चिज’ बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहानाका लागि खास छ । यो फिल्मबाट सुहानाले फिल्मी दुनियाँमा पाइला राख्न लागेकी छिन् ।

दर्शक यो फिल्मबाट बलिउडको नयाँ पुस्ताको कलाकारलाई हेर्न तयार छन् । जसमा सुहानाबाहेक अगस्त्य नन्द र खुसी कपुर, वेदांग रैना र मिहिर आहुजा पनि छन् । चाखलाग्दो कुरा के छ भने यही फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी सुहाना गायनको दुनियाँमा पनि प्रवेश गर्न लागेकी छिन् ।

सुहानाले ‘द आर्चिज’को हालै रिलिज भएको नयाँ गीत ‘जब तुम ना द’ मा आफ्नो आवाज दिएकी छिन् । सुहानाले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आफू पहिलो पटक गायनमा आएको बताएकी छन् । उनले लेखेकी छन्, ‘मैले मेरो पहिलो गीत गाएँ, जोया अख्तर र शंकर महादेवनलाई धन्यवाद, मसँग यति धैर्यता राखेकोमा, कृपया मायाले सुन्नुहोस् ।’

यस गीतमा अदिती सहगल, जावेद अख्तर, शंकर–एहसान–लोय र तेजसले पनि स्वर दिएका छन् । जोया अख्तर निर्देशित फिल्मको कथा कमिक बुक ‘द आर्चिज’को आर्ची एन्ड्रयुज र उनका साथीको चरित्रमा आधारित छ । टाइगर बेबी फिल्म्सद्वारा निर्मित ’द आर्चिज’ डिसेम्बर ७ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

हिल स्टेसनमा घुम्न गएको बेला आर्चिजको टोलीको जीवन दुःखमा परिणत हुन्छ । जब उनीहरूलाई थाहा हुन्छ कि उनीहरूको एक धनी साथी भेरोनिकाका बुबाले त्यहाँ रूख काटेर ठूलो होटल बनाउन लागेका छन् । यसपछि सबै साथीले उसलाई घृणा गर्न थाल्छन्, तर अन्ततः ‘द आर्चिज’को टोलीले पार्क बचाउन संघर्ष गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?