+

बागमतीलाई हराउँदै आर्मी टी-२० क्रिकेटको फाइनलमा

२०८० मंसिर  १४ गते ११:५५ २०८० मंसिर १४ गते ११:५५
बागमतीलाई हराउँदै आर्मी टी-२० क्रिकेटको फाइनलमा

१४ मंसिर, पोखरा । त्रिभुवन आर्मी क्लब पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा भएको खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि पाएको १२८ रनको लक्ष्य आर्मीले खेल सकिन ३० बल बाँकी छँदा नै भेट्टायो ।

आर्मीलाई जिताउन भीम सार्कीले ३९ तथा कुशल मल्लले २७ रन बनाए । यस्तै कप्तान विनोद भण्डारी २५ रनमा आउट भए ।

पहिला ब्याटिङ गरेको बागमतीले प्रतिक श्रेष्ठको अर्धशतक मद्दतमा १२७ रन बनाएको थियो । आर्मीका सहाब आलमले ४ तथा सोमपाल कामीले २ विकेट लिए ।

केपी ओली कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय