+
+

टेलर स्वीफ्ट बनिन् वर्ष २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १४ गते १२:२२

काठमाडौं । टेलर स्वीफ्ट सन् २०२३ मा विश्वमा सर्वाधिक सुनिने गायिका बनेकी छन् । सांगीतिक प्लाटफर्म स्पोटीफाइले यसवर्ष धेरै सुनिएका गीत, पडकास्ट र अन्य कार्यक्रमको सूची सार्वजनिक गरेको छ ।

‘स्पोटीफाइ २०२३ र्‍याप्ड’ नाम दिइएको यो सूचीको शीर्ष स्थानमा रहेकी गायिका स्वीफ्टलाई एकवर्षमा २६.१ बिलियन पटक सुनिएको उल्लेख छ । लगातार तीन वर्ष सूचीको शीर्षस्थानमा रहेका गायक ब्याड बन्नीलाई समेत स्वीफ्टले उछिनेकी छन् ।

दोस्रो स्थानमा ब्याड बन्नी छन् । तेस्रोमा द विकेन्ड, चौंथोमा द ड्रेक र त्यसपछि क्रमशः पेसो प्लुमा, फेइड, ट्राभिस स्कट, एसजेडए, कारोल जी र लाना डेल रे छन् ।

गत जनवरी १ देखि स्पोटीफाइलाई संसारभर ५७४ मिलियनभन्दा बढीले सुनिरहेका छन् । तर, गीततर्फ भने अमेरिकी गायिका माइली साइरसको ‘फ्लावर्स’ वर्षमै धेरै सुनिने गीत बनेको छ । यो गीतलाई १.६ बिलियन पटक सुनिएको छ ।

एसजेडएको गीत ‘किल बील’ दोस्रो सर्वाधिक सुनिएको गीत भएको छ । ह्यारी स्टाइल्सको ‘एज् इट वाज’, जङ कुकको ‘सेभेन’, टेलर स्वीफ्टको ‘क्रुल समर’, सेलेना गोमेज र रेमाको ‘काम डाउन’, टेलर स्वीफ्टको ‘एन्टी हिरो’ लगायत छन् ।

गायक ब्याड बन्नीको एल्बम ‘अन भेरानो सिन टी’ वर्षमा धेरै सुनिने एल्बम बनेको छ । पडकास्टटर्फ ‘द जोय रोगन एक्सपिरियन्स’ धेरै सुनिने कार्यक्रम बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?