
काठमाडौं । हास्य टेलिसिरियल ‘सक्किगो नि’ का निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले आफ्ना दाजुभाउजूको वैवाहिक वर्षगाँठमा गीत ल्याएका छन् ।
दाजु सीताराम कट्टेल ‘धुर्मुस’ र भाउजू कुञ्जना घिमिरे ‘सुन्तली’को १५ औं वैवाहिक वर्षगाँठको अवसरमा ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका हुन् । धुर्मुस-सुन्तलीको अभिनय रहेको गीतमा कुमारलाई गायनमा अन्नु चौधरीले साथ दिएकी छिन् । गीतमा दिनेश थपलियाको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
जनकपुरमा छायांकन गरिएको गीतको भिडियोलाई दीपक आचार्य ‘काकु’ले निर्देशन गरेका छन् । कुमारको यो तेस्रो गीत हो । उनको स्वरमा यसअघि ‘मन्जरी’ र ‘मायाले जीवन सजाऔं’ सार्वजनिक भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4