
१४ मंसिर, काठमाडौं । नेपाली सेनाका कर्नेल कामेश्वर यादवको घरमा चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
४ मंसिरमा भएको चोरीमा संलग्नको आरोपमा पक्राउ पर्नेमा प्रेमबहादुर तामाङ र अम्बरबहादुर तामाङ छन् । प्रहरीका अनुसार दुबैले ४ मंसिरमा ललितपुर, भैंसेपाटीस्थित यादवको घर र उनकै घरमा डेरा लिएर बसेका शोभा ढकालको कोठामा चोरी गरेका थिए ।
अमेरिकी डलर, भारु र नेपाली रुपैयाँका साथै सुन र चाँदीका गहना गरेर १९ लाख ४२ हजार ६०० बराबरको धनमाल चोरी भएको थियो ।
चोरी भएको रकममध्ये केही डलर र भारुका साथै केही सामान बरामद भएको छ । साथै घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4