
काठमाडौं । न्यू इनर्जी भेहीकल र पावर ब्याट्रीहरुको विश्व प्रमुख निर्माता बीवाईडीले ६० लाख युनिट गाडी उत्पादन गरेको छ । पछिल्लो ३ महिनामै १० लाख यूनिट गाडी उत्पादन थप गरेर उत्पदनको नयाँ लक्ष्य भेटेको बीवाईडीले जनाएको छ ।
कम्पनीले बीएओ ५,फाङचेङबाओ उपब्राण्ड अन्तर्गतको एसयूभीको उत्पादन ६० लाख यूनिट पुर्याएको दाबी गरेको हो ।
गत अक्टोबरमा मात्रै कम्पनीले ३ लाख भ्नदा बढी युनिट विद्युतीय गाडीहरु बजारमा बिक्री गरेको थियो ।
बीवाईडीले विश्वका ५८ देशमा अहिले गाडीहरु बिक्री गर्दै आइरहेको छ । यो कम्पनीले सन् २०१० देखि विद्युतीय गाडी उत्पादनमा जोड दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4