
१४ मंसिर, काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका-७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4