+
+

सिरहाबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ९:४४

१५ मंसिर, जकपुरधाम । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लहान नगरपालिका ११ बस्ने ३२ वर्षीय सञ्जय चौधरी र २० वर्षीय अभिशेष चौधरी रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेका अनुसार दुबैजनालाई बुधबार राति करिब ९ बजे ४ ग्राम ब्राउनसुगर र डिजिटल तराजुसहित लहान नगरपालिका १ लोकतन्त्र चोकबाट नियन्त्रणमा लिइएको हो ।

सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई ईलाका प्रहरी लहानको हिरासतमा राखेर उनीहरुमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?