
१५ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।
फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाका आधारमा कम्पनीले कायम चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कुल ७ करोड ११ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने फाइनान्सले जनाएको छ ।
फाइनान्सले यस पटक बोनस सेयर नदिने भएको छ । उक्त लाभांश आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।
यसअघि अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा कम्पनीले ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4