
१५ मंसिर, काठमाडौं । युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूले २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्यांकले देखाएको छ ।
बिहीवार जारी गरिएको युरोपेली रक्षा एजेन्सी (इडीए) प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो । यो रक्षा खर्चका लागि छुट्याइएको इतिहासकै बढी रकम हो ।
इडिए डिफेन्स डाटा २०२२ प्रतिवेदनअनुसार यो संख्या एक वर्ष अघिको तुलनामा ६ प्रतिशतले बढी हो ।
२७ इयु सदस्य राष्ट्रहरूमध्ये २० ले आफ्नो रक्षा खर्च बढाएका थिए । २००४ मा स्थापित इडिए युरोपेली रक्षा सहयोगको लागि केन्द्रिय हबको रूपमा कार्य गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4