+
+

यी हुन् सन् २०२३ मा स्पोटीफाइमा नेपालभित्र धेरै सुनिएका गायक-गायिका र गीत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १२:५३
गायक सज्जनराज वैद्य

काठमाडौं । सज्जनराज वैद्य सन् २०२३ मा लोकप्रिय सांगीतिक प्लाटफर्म स्पोटीफाइमा नेपालभित्र सर्वाधिक सुनिने नेपाली गायक बनेका छन् । स्पोटीफाइले अनलाइनखबरलाई उपलब्ध गराएको सूचीमा यो वर्ष पनि सज्जनराज नै शीर्षस्थानमा देखिएका छन् ।

सन् २०२२ मा पनि उनी नै शीर्षस्थानमा थिए । विश्वव्यापी आँकडा हेर्दा सज्जनराजलाई यस वर्ष ३ करोड ७८ लाख पटक स्ट्रिमिङ गरिएको स्पोटीफाइले जनाएको छ । उनी यस वर्ष १६६ देशबाट सुनिएका छन् । उनलाई ११ लाख श्रोताले यस वर्ष सुनेका छन् ।

यस्तो छ सूची :

नेपालभित्र धेरै सुनिएका १० नेपाली गायक

१. सज्जनराज वैद्य

२. सुशान्त केसी

३. समीर श्रेष्ठ

४. ट्राइबल रेन

५. द एलिमेन्ट्स

६. अपूर्व तामाङ

७. नितेशजंग कुवँर

८. यवेश थापा

९. ग्यारेज म्युजिक

१०. ओएसिस थापा

नेपालबाहिर धेरै सुनिएका १० नेपाली गायक

१. सगुन

२. सज्जनराज वैद्य

३. समीर श्रेष्ठ

४. भिटेन

५. स्वप्न सुमन

६. ट्राइबल रेन

७. यवेश थापा

८. ओएसिस थापा

९. ग्यारेज म्युजिक

१०. द ड्रिमक्याचर्स अफिसियल

नेपालभित्र धेरै सुनिएका १० नेपाली गीत

१. रिसाउने भए (सुशान्त केसी)

२. सस्तो मुटु (सज्जनराज वैद्य)

३. थाम न हात (समीर श्रेष्ठ)

४. धैर्य (सज्जनराज वैद्य)

५. चिट्ठीभित्र (सज्जनराज वैद्य)

६. तिमीसँगै (अपूर्व तामाङ)

७. भनाइ (ट्राइबल रेन)

८. मनको भावना (अपूर्व तामाङ)

९. सपनाको मायालु (द एलिमेन्ट्स)

१०. बिर्सने हौ कि (द एलिमेन्ट्स)

नेपालमा धेरै सुनिएका गायकगायिका

१. अरिजित सिंह

२. प्रितम

३. सज्जनराज वैद्य

 ४. टेलर स्वीफ्ट

५. द विकेण्ड

६. सुशान्त केसी

७. समीर श्रेष्ठ

८. ट्राइबल रेन

९. श्रेया घोषाल

१०. द एलिमेन्ट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?