+
+

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै युवाहरु ६ दिनदेखि आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १२:५३

१५ मंसिर, जनकपुरधाम। सप्तरीको राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै स्थानीय युवाहरु आन्दोलित भएका छन् ।

दुई वर्षअघि शिलान्यास गरेर अलपत्र छाडिएको प्रतिष्ठानको काम अघि बढाउन माग गर्दै उनीहरु बिगत ६ दिनदेखि आन्दोलनमा छन् ।
उनीहरु दबाब दिन विभिन्न शैलीमा जुलुस प्रदर्शनसंगै जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बस्दै आएका छन् ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना बसेका उनीहरु आज दिउँसो १२ बजेदेखि २ बजेसम्म दुईघण्टा धर्ना बसिरहेका छन् ।

प्रतिष्ठान निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै युवाहरुले आन्दोलनको घोषणा गरेका थिए । सोमबार राजविराजमा जुलुस प्रदर्शन, मंगलबार सिटी जुलुस, बुधबार चर्टबालेर सांसद तथा नेताको खोजीसहित प्रदर्शन गरेका थिए ।

शनिबार १० हजार हस्ताक्षर संकलन गरेर प्रधानमन्त्रीलाई जिल्ला प्रशासन कार्यालय मार्फत पठाउने कार्यक्रम रहेको सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन यादवले जानकारी दिए । माग पूरा नभएसम्म संघर्ष जारी रहने उनले बताए ।

एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार ०७५ साल पुस १६ गते मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो ।

२८ जेठ २०७८ मा बसेको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका–१० बिरौलस्थित रहेको ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो ।

२२ असार २०७८ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल मार्फत प्रतिष्ठानको भवन निर्माण कार्यको शिलान्यास गरेका थिए । त्यस यता भनव निर्माण अघि बढ्न सकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?