
काठमाडौं । वर्षभरि रिलिज भएका सुपरहिट नेपाली चलचित्र अब डिसहोमका च्यानलमै हेर्न पाइने भएको छ । डिसहोमका अनुसार हलमै गएर मन परेको नयाँ चलचित्र हेर्न नभ्याएका दर्शकहरुले अब डिसहोम मार्फत सपरिवार एकै साथ बसेर ती चलचित्रहरु हेर्न पाउने भएका छन् ।
प्रेम गीत ३, छक्का पञ्जा ४, चिसो मान्छे, प्रकाश, कृष्ण लिला, माइकल अधिकारी, नाइ नभन्नु ल ६, प्रसाद २, झिँगे दाउ, लाखे, घन चक्कर, मन्त्र, राधा, गुञ्जन, तिम्रो मेरो साथ, पासो, ह्यारिकी प्यारी, काँडेतार, गणपति जस्ता नयाँ चलचित्रहरु डिसहोम सिनेमाघरका साथै प्लस मुभी र रमाइलो टिभीमा प्रदर्शन भइरहको डिसहोमले जनाएको छ । साथै डिसहोम गो एपमा पनि आफूले चाहेको समयमा यो चलचित्रहरु हेर्न सकिने छ ।
सिनेमाघर च्यानल नं. १०८ मा चलचित्र हेर्न डिसहोमको ग्राहक सेवा केन्द्रको १६६००१२२००० मा फोन गरेर, नजिकैको डिशहोम बिक्रेता वा डिलरदाई मार्फत सेवा लिएर र आफ्नै मोबाइलबाट एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ ।
यस्तै डिसहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक वोनससँगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निःशुल्क पनि पाउन सकिनेछ ।
३ महिना अथवा एक हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ वरावरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैइाँ वा सो भन्दा माथिको रिचार्जमा ६५० रुपैयाँ वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा पाँच हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा १ हजार ३ सय रुपैयाँ वरावरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउन सक्नेछन् ।
डिसहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोबाइल नं. मा एसएमएस मार्फत प्राप्त हुनेछ ।
प्रतिक्रिया 4