+
+

ओटीटीमा रिलिज भयो अनुप बराल अभिनित फिल्म ‘पानीफोटो’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १४:०९

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’ नेपाली ओटीटी प्लाटफर्म एप सिनेमाघरमा रिलिज भएको छ । निर्माताले शुक्रबार डिजिटल दर्शकमाझ फिल्म ल्याएका हुन् ।

गत वर्ष साउन १३ गते हलमा रिलिज भएको फिल्मले औसत कमाइ गरेको थियो । ओटीटीमा डिजिटल दर्शकले फिल्म रुचाउने आशा लामिछानेले लिएका छन् । यो फिल्ममा उनी आफैंले पनि अभिनय गरेका छन् भने अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ र कमलमणि नेपालको अभिनय छ ।

द्वन्द्वकालमा बेपत्ता भएका छोराको खोजीका लागि निस्किएका दम्पतीको कथावस्तु फिल्मले पेश गर्छ । टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्मलाई टुकी आर्ट्सको ब्यानरमा बनाइएको हो ।

दशकअघि आरोहण गुरुकुलमा मञ्चन भएको नाटकमाथि आधारित रहेर लामिछानेले फिल्म बनाएका हुन् । हरेक निर्माताको कथा भन्ने शैली अलग हुने लामिछाने बताउँछन् । ‘पानीफोटोमा जुन कथा भनिएको छ, त्यो कथा मेरो मनमा गडिएर बसेको भुईंमान्छेको कथा हो । हराएका आफन्त आउलान् भनेर आँखामा आशाको ज्योति लिएर कुरिबसेका हजारौं भुईंमान्छेको कथा हो,’ उनले भने ।

यसअघि सिनेमाघरमा जय भोले, कबड्डी ४, महापुरुष, जारीजस्ता फिल्म रिलिज भएका छन् । यो प्लाटफर्मममा उपलब्ध फिल्मलाई नेपाली डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सीधा पेमेन्ट गर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?