+
+

त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ नेवानिबाट खोसियो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १६:०१
फाइल तस्वीर

१५ मंसिर, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले ग्राउन्ड ह्याण्डलिङ सेवामा पाएको एकाधिकार खोसिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्था मार्फत गराउने निर्णय गरेको हो ।

यससँगै प्रतिस्पर्धामा छनोट हुन नसके नेपाल वायुसेवा निगम (नेवानि) को आम्दानीको लाइफलाइन मानिने यो सेवा बन्द हुनेछ । अहिलेसम्म विना प्रतिस्पर्धा नेपाल एयरलाइन्सले यो सेवा लिइरहेको थियो ।

यसअघि प्राधिकरणले बिहीबार मात्र युरोपेली यूनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानिभित्रको कमजोर व्यवस्थापन भएको बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?