
काठमाडौं । गायक तथा संगीतकार कस्तूप पन्तले अन्जु पन्तको स्वरमा ‘परदेशी’ गीत सार्वजनिक गरेका छन् । गीतमा शंकर कोइरालाको शब्द, कस्तूपकै संगीत र रमेश सेन्चुरीको एरेन्ज छ ।
गीतको भिडियोमा यात्रामा हिंडेको एउटा अञ्जान परदेशी युवा कुनै युवतीको घरमा बास बस्दाको चिनाजानी र त्यस ठाउँमा बस्दै गर्दा गाढा बन्दै गरेको मायाप्रेम उसको बसाइ सकिएसँगै अन्त्य भएको वियोगान्त कथालाई प्रस्तुत गरिएको छ ।
प्रवीण थापाले निर्देशन गरेको भिडियोमा मुकुन्द भट्ट र स्मृति थापाले अभिनय गरेका छन् । भिडियोलाई बसन्त बीजे महर्जनले खिचेका हुने भने अमृत चापागाईंले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4