
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगर प्रहरीले त्रिपुरेश्वरदेखि टेकुसम्मको सडक पेटीमा रहेको भर्याङ हटाएको छ ।
सडकपेटी ओगटेर सटर वा घरमा जान हालेको अस्थायी प्रकृतिका र ढलान गरेको भर्याङहरु महानगर प्रहरीले हटाएको हो ।
‘हामीले आजबाट सडकपेटी हडपेर राखेको भर्याङ हटाउन थालेका छौं, यो पुरै महानगरभरी हटाउँछौं । सडकपेटी फुटपाथमा हिड्नको लागि हो । व्यक्तिले आफ्नो सुविधाको लागि सार्वजनिक स्थान ओगट्न मिल्दैन,’ नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग भने ।
उनले आज मात्रै ५० भन्दा धेरै फुटापाथम रहेको भर्याङ हटाएको बताए । महानगर प्रहरीले आजै नयाँ बसपार्क क्षेत्रको घुम्ती टिकट काउन्टरहरु हटाएको छ ।
एक बसपार्क नीति अनुसार बसपार्क भित्रैबाट टिकटको काम हुने भन्दै नयाँ बसपार्क क्षेत्रमा टिनको काउन्टर बनाएर राखिएको साना घुम्तीहरु हटाएको नगरप्रहरीले जनाएको छ ।
‘नराख्नु भन्ने सूचनालाई नटेरेर राखिएका घुम्ती काउन्टर उठाएर नगरप्रहरीले ल्याएको हो । बसपार्क बाहेक अन्य स्थानमा टिकट काउन्टर राख्न नमिल्ने नियम छ,’ नगर प्रहरी प्रमुख पाण्डेले बताए ।
प्रतिक्रिया 4