
१५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भाषा, कला, संस्कृति अध्ययन गर्नको लागि विज्ञहरुको रोस्टर बनाउने भएको छ ।
महानगरको सहरी योजना आयोगले आज एक सूचना निकाल्दै आयोगबाट सञ्चालन हुने अन्वेषण तथा अनुसन्धानको लागि विज्ञहरुलाई सूचीकृत हुन आह्वान गरेको हो ।
महानगरपालिकाले १५ दिनभित्र नेपाली नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण सहित आउन भनेको छ । महानगरपालिकाले यस अगाडि विभिन्न क्षेत्रका विज्ञहरुलाई सूचिकृत गरेर रोष्टर तयार गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4