+

पूजा महतोको कप्तानीमा महोत्तरीको टिम

२०८० मंसिर  १६ गते १६:५६ २०८० मंसिर १६ गते १६:५६
पूजा महतोको कप्तानीमा महोत्तरीको टिम

१६ मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको छनोट खेलका लागि मधेश प्रदेश अन्तर्गत महोत्तरी जिल्लाले पूजा महतोको कप्तानीमा टिम घोषणा गरेको छ ।

नेपाली महिला टिमकी अलराउन्डर पूजाले राष्ट्रिय टिममा डेब्यू गरेदेखि राम्रो प्रदर्शन गर्दै आएकी छन् । १ पुसदेखि काठमाडौंमा हुने प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताका लागि खेलाडी छनोट गर्न मधेशले छनोट खेल सञ्चालन गर्दैछ । त्यसकै लागि महोत्तरीले पूजाको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

मधेश प्रदेश क्रिकेट संघले छनोट खेलपछि मधेशको टोलीको टुंगो लाग्ने बताएको छ ।

*यसअघिको समाचारमा भूलवश प्रधानमन्त्री कपका लागि मधेशको टिम घोषणा उल्लेख भएकाले सच्याइएको छ । 

क्रिकेट पूजा महतो प्रधानमन्त्री कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय