+

न्यूक्यासल जान चाहँदैनन् रुबेन निब्स

२०८० मंसिर  १६ गते १९:२३ २०८० मंसिर १६ गते १९:२३
न्यूक्यासल जान चाहँदैनन् रुबेन निब्स

१६ मंसिर, काठमाडौं । साउदी प्रो लिग क्लब अल–हिलालका मिडफिल्डर रुबेन निब्सले लोनमा न्यूक्यासल नजाने बताएका छन् ।

पोर्चुगलतका २६ वर्षीय खेलाडी निब्स गत जुनमा रियादको क्लबमा आवद्ध भएका थिए । पछिल्लो दिनमा साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्डको लगानी रहेको क्लब न्यूक्यासलले जनवरीमा निब्सलाई भित्र्याउने अनुमान गरिएको थियो ।

तर निब्सले त्यसलाई अस्वीकार गरेका छन् । बीबीसीसँग गरेको सम्वादमा उनले अल हिलालमा आउनुअघि नै न्यूक्यासलले आफूलाई भित्र्याउन रुचि देखाएको बताए । ‘म यहाँ खुसी छु र मेरो परिवार पनि खुसी छ’ उनले भनेका छन् ।

फुटबल रुबेन निब्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय