
१७ मंसिर, ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई ज्याकेट उपलब्ध गराउने भएको छ । प्रेस सेन्टर ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले दिएको जानकारी अनुसार तीन लाख रुपैयाँ बराबरको एक सय थान ज्याकेट जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रका पत्रकारहरुलाई उपलब्ध गराइने छ ।
‘रुकुम पश्चिम र जाजरकोटका भूकम्प पीडित सबै पत्रकारलाई पुग्ने गरी प्रेस सेन्टर केन्द्रीय कार्यसमितिमार्फत हामी न्यानो ज्याकेट उपलब्ध गराउँछौं,’ अध्यक्ष कार्कीले भने, ‘त्यस सम्बन्धी औपचारिक निर्णय बैठक बसेर गरिसकेका छौं ।’
कोरोना महामारीको समयमा पनि प्रेस सेन्टर ललितपुरले पत्रकारहरूलाई मास्क, सेनिटाइजर, प्रेस लेखिएका ज्याकेट, खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराएको थियो ।
यसैबीच प्रेस सेन्टर ललितपुरले यस वर्षको मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार प्रदानका लागि तीन सदस्यीय छनोट समिति समेत गठन गरेको छ । छनोट समितिको संयोजक ललितपुर बार एशोशियशनका अध्यक्ष अधिवक्ता राम श्रेष्ठ छन् । मिलन नेपाली तत्कालीन राज्यपक्षबाट वेपत्ता पारिएका पत्रकार हुन् ।
प्रतिक्रिया 4